कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरू लाई निर्देशन दिएको हो।
मन्त्रालयका उपसचिवले केही विद्यालयहरूले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गरेको गुनासो आएकोले त्यसो नगर्न निर्देशन दिइएको बताए।
‘कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रमअनुसार मात्र पठनपाठन गर्न गराउन तथा सोहीअनुसार विद्यार्थीको मूल्यांकन गर्ने व्यवस्था हुन समेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ,’ उनले भने।
साथै अर्को वर्षदेखि कक्षा १२ मा पनि नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिने मन्त्रालयले जनाएको छ।
विद्यालयहरूले नयाँ पाठ्यक्रम लागू गरे वा नगरेको अनुगमन हुनेसमेत मन्त्रालयले जनाएको छ।