काठमाडौं – साताको पहिलो दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । गत साता शुक्रबार तोलामा ८८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ८०० रुपैयाँले बढेर किनबेच गर्न सकिनेछ ।
स्थानीय बजारमा आज ८९ हजार रुपैयाँमा छापावाल सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोही परिमाणको तेजावी सुनलाई भने प्रतितोला ८८ हजार ५५० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार ३०५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीलाई आज एक हजार ३३० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।