९ माघ २०७७, शुक्रबार , ०४:२८

काठमाडौं  : नेपालका तीन खेलाडीले आसन्न टी-१० लिग खेल्ने भएका छन् । टी-१० खेल्ने नेपाली क्रिकेटरमा सोमपाल कामी, करण केसी र कुशल मल्ल रहेका छन् ।

सोमपालले मराठा अरेबियन्स, करणले पुणे बुल्स र कुशलले टिम आबुधाबीबाट चौथो सिजनको टी-१० लिग खेल्ने भएका हुन् ।

यी तिनै खेलाडी आक्रामक ब्याटिङका साथै बलिङ पनि गर्छन् । ड्राफ्टमा रहेका नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई भने यो पटक कुनै पनि टिमले अनुबन्ध गरेन ।

नेपाली क्रिकेट इतिहासमा एकै पटक तीन खेलाडी अनुबन्ध भएको पहिलो पटक हो । गत सिजनमा पारस खड्का र सन्दीप लामिछानेले टी-१० लिग खेलेका थिए ।

आसन्न सिजनमा भने सन्दीप टी-१० मा हुने छैनन् । पारस भने टिम आबुधाबीमा फरक भूमिकामा जोडिएका छन् ।

सोमपालका लागि यो दोस्रो विदेशी लिग हो ।

यसअघि उनले क्यानडा ग्लोबल टी-२० लिग खेलेका थिए । सोपपाल, करण र कुशलसहितसहित दिपेन्द्र ऐरीको नाम पनि ड्राफ्टमा छ ।

अबुधाबी टी-१० लीगको नयाँ सिजन जनवरी अन्तिम साताबाट सुरु हुँदैछ। यस पटक पनि धेरै खेलाडीहरूले टुर्नामेन्टमा भाग लिने छन्।

यसअघि टी१० मा नेपालका पूर्वकप्तान पारस खड्का र लेगस्पिनर सन्दीप लामिछानेले खेलिसकेका छन् । योसँगै १० ओभरको नयाँ फर्म्याट खेल्ने सोमपाल तेस्रो नेपाली क्रिकेटर भएका छन् । यो सिजनमा पारस अबुधावीको इमर्जिङ मेन्टर नियुक्त भएका छन् ।

टी-१० लिगको नयाँ सिजन २८ जनवरीदेखि ६ फेब्रअुरी २०२१ सम्म हुनेछ। चौथो संस्करणमा ८ वटा टोलीहरू सहभागी हुने भएका छन्।

यो पटक टिम आबुधाबी, मराठा अरेबियन्स, बंगला टाइगर्स, डेक्कन ग्लाडियटर्स, क्वलन्दर्स, दिल्ली बुल्स, नर्दन वारियर्स र पुणे डेविल्सले लिगमा भाग लिने छन्। सबै खेलहरू अबुधाबीको शेख जायद स्टेडियममा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *