काठमाडौं – मंगलबार सेयर बजारम ऐतिहासिक रेकर्ड कायम भएको छ। सेयर बजार मापक परिसूचक नेप्से २८.३१ ले बढेर २२६७.७३ बिन्दुमा पुगेको हो। जुन हालसम्मकै उच्च बिन्दु हो। आज १२ समुहमध्ये एक समुहको मात्रै घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार आज २०२ कम्पनीका सेयर कारोबारमा आएका छन् ।
यस्तै उक्त कम्पनीका १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब ९८ करोड २३ लाख माथिको कारोबार भएको छ। आज सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्सका सेयरधनीहरुले कमाएका छन् भने नेपाल डेभलपमेन्ट लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन्। यस्तै आज सबैभन्दा बढी कारोबार प्रिमियर इन्स्योरेन्सको भएको छ।