क्यानडाका न्यायाधीशले बुधवार हुवावे टेक्नोलोजीकि प्रमुख वित्तीय अधिकारी मेंग वानजाउलाई संयुक्त राज्य अमेरिकामा प्रत्यर्पण गर्ने सम्बन्धको महत्वपूर्ण पक्षमा फैसला सुनाउने छन।
यो फैसलामा अनुकूल निर्णयले १८ महिना पछि चिनियाँ कार्यकारीको रिहाइको मार्ग प्रशस्त गर्ने देखिएको छ।
ब्रिटिश कोलम्बियाको सुपेरियर कोर्टका एसोसिएट चीफ जस्टिस हेदर होम्सले प्रत्यर्पण प्रकरणको दोहोरो आपराधिक मुद्दामा फैसला सुनाउने छन। मेन्गको आरोपित कार्यहरू क्यानाडा र संयुक्त राज्य अमेरिकामा क्यानाडा उनको पक्राउ परेको बेलामा अपराध थियो कि थिएन भन्ने निर्णय आज गरिदै छ ।
निर्णय क्यानडियन समय अनुसार बिहान ११:०० (18०० GMT) मा प्रकाशित हुनेछ।
मेंग ४८, संयुक्त राज्य अमेरिकाको अनुरोधमा डिसेम्बर २०१ मा भ्यान्कुभरमा पक्राउ परेकी हुन । संयुक्त राज्य अमेरिकाले उनको बैंकको धोखाधडी र एच.एस.बी.सी.बैंकलाई इरानसँगको ह्युवेइको स्वामित्वमा रहेको कम्पनीको कारोबारको बारेमा भ्रममा राखेको आरोप लगाएको छ।
मेंगले आफु निर्दोष रहेको भनेकी छिन् र प्रत्यर्पणको/ सुपुदर्गी बिरूद्ध लडिरहेकी छिन।
यो केसले ओटावा र बेइजिङबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ।
हुवावेको कानुनी टोलीले जनवरीमा उनको गिरफ्तारीको बेला क्यानाडामा इरानको विरुद्धमा प्रतिबन्धहरू अवस्थित थिएन, त्यसकारण मेंगको कार्य क्यानाडामा अपराध थिएन भन्ने आफ्नो तर्क प्रस्तुत गरेको छ
। क्यानाडा सरकारको प्रतिनिधित्व गर्ने अभियोजकहरूले प्रतिबन्धको अस्तित्वको बाबजुद झूट बोल्नु भनेको झूट नै हो भन्ने आरोप लगाए।
भ्यान्कुभरस्थित प्रत्यर्पण सुपुदर्गी कानूनका वकील मो वायेघनले भने, “यसमा सफाइको तर्क” सफल हुन सक्ने सम्भावना छ, तर उनीहरूले “कडा लडाईको सामना गर्नुपर्यो” किनकि अभियोजकहरूले ” धोखाधडी अभियोगको मुटु हो ना कि प्रतिबन्ध ” भन्ने कुरामा जोड दिए।
मेंगको पक्षमा फैसला सुनाउँदा क्यानडा सरकारले निर्णयलाई अपील गर्ने कि नगर्ने निर्णय गर्न समय लग्नेछ । न्यायाधीशले क्यानाडा सरकारको पक्षमा फैसला सुनाए भने केस जूनमा अर्को चरणमा पुर्याइनेछ ।
यो समाचार रोयटरसमा प्रकाशित छ