१४ मंसिर २०७७, आईतवार , ०८:०९
काठमाडौं:-  आफ्नो पोष्टमा जष्टिस फोर निर्मला भनेर कमेन्ट गर्नेहरुमाथि खानेपानी मन्त्री बीना मगर कडारुपमा प्रस्तुत भएकी छिन् ।
 
आफ्नो गृह जिल्ला कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै उनको फेसबुक पोष्टमा उनका मतदाताहरुले कमेन्ट गरेपछि बिना मगरले सबैलाई ब्लक गरेकी हुन ।के हो खास कुरा ?
                                                       
 
भारतीय पक्षले सीमा अतिक्रमण गरेपछि काठमाडौं आएको सीमा सरोकार समूहलाई वेवास्ता भएपछि मन्त्री मगरको आलोचना चुलिएको थियो । मन्त्री मगरलाई सरोकार समूहदेखि कञ्चनपुर जिल्लाका सांसदले फोन गर्दा समेत मन्त्री ज्ञापन दिने कार्यक्रममा आइनन् । त्यसपछि संसदीय समितिले पत्र नै काटेर मन्त्रीलाई छलफलमा बोलायो । तर मन्त्रीले क्वारेन्टाइनमा रहेको बहाना गरेर सीमा सरोकारको विषयमा चासो देखाइनन् तर सोही बेला उनले मन्त्रालयको कार्यक्रममा भने सहभागिता जनाएको तस्वीरसार्वजनिक भयो ।
                                                   
 
मन्त्रीले आफ्नै मतदाताहरुको जग्गा भारतमा पर्दा समेत वास्ता नगरेको भन्दै निर्वाचन क्षेत्रमा चर्को बिरोध शुरु भएपछि मन्त्री मगरले निर्वाचनको बेला महिलाहरुसँग भेट गरेको तस्वीर फेसबुकमा राखेकी थिइन ।
                                               
 
केही बृद्ध महिलाहरुसँगको तस्वीर राख्दै मन्त्री मगरले यस्तो माया र आशिर्वाद सधैं पाइरहँु भनेर पोष्ट गरेकी थिइन ।
 
तर आक्रोशित मतदाताहरुले उक्त पोष्टमा यस्तै माया निर्मलाको आमाका लागि पनि गरेको भए निर्मलालेन्याय पाउँथिन कि भनेर कमेन्ट गरेका थिए ।
                                   
 
 
कमेन्टहरुको ओइरो लागेपछि मन्त्री मगरले आफूले सीमाको मुद्दामा साथ दिन नसकेकोमा माफीमाग्नुपर्नेमा उल्टै कमेन्टहरु सबै हटाएकी छिन् ।
                                          
 
 
कमेन्ट हटाएर मात्रै उनको चित्त बुझेन, मन्त्री मगरले कमेन्ट गर्ने जति सबैलाई ब्लक समेत गरेकी छिन् ।
मन्त्री मगरको यो हर्कतले निर्वाचन क्षेत्रमा उनीविरुद्ध पुत्ला दहन गर्ने र सार्वजनिक बिरोध गर्ने तयारी युवाहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *